झापा । झापाको बिर्तामोड नगरपालिका–६, ७ र ८ लाई जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडक निर्माण सम्पन्न भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा नेपाल शहरी शासकीय पूर्वाधार आयोजनामार्फत निर्माण गरिएको उक्त सडकको आज बुधबार औपचारिक उद्घाटन गरिने तयारि भएको हो ।
बिर्तामोड–६ को बुट्टाबारीवाट खालबारि हुदै विर्तामोड चोक वाट सदरमुकाम भद्रपुर रोड जोड्ने यो सडक कोशी प्रदेशको नै उत्कृष्ट किसिमको बन्न लागेको हो ।
६४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त सडक ६ दशमलव २ किलोमिटर लामो छ । सडक १२ दशमलव ५ मिटर चौडाइको रहेको छ भने दुवैतर्फ २ दशमलव २ मिटरका फुटपाथसमेत निर्माण गरिएको छ । सडक निर्माणको जिम्मेवारी आरपी साप समता जेभीले पाएको थियो ।
सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्नुका साथै फुटपाथ, पेभर्स, सडकबत्ती जडान, विद्युत्काका पोल व्यवस्थापन तथा स्थानीयको मागअनुसार ट्रान्सफर्मर सार्नेलगायतका काम गरिएको छ ।
निर्माणका क्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, र वरिष्ठ योजना अधिकृत जय तिम्सिनासहितको टोलीले पटक पटक अनुगमन गरेको थियो । त्यसक्रममा नगरप्रमुख प्रसाईले निर्माणमा गुणस्तर कायम राख्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।
सडक निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका स्थानीयवासीलाई आवागमनमा सहज भएको छ । बुट्टाबारी, प्याकुरेल चोक हुँदै बिर्तामोड बजारसम्मको सडक पहुँच विस्तार हुँदा स्थानीयको दैनिक यात्रा तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
बिर्तामोड नगरपालिका–७ का युवा व्यवसायी हिमाल सिटौलाका अनुसार सडक निर्माणले स्थानीयको जग्गाको मूल्य बढ्नुका साथै बजारसम्मको पहुँच सहज भएको बताए । उनले सडक स्तरोन्नतिले स्थानीयको आवागमन र व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सडक निर्माणले बिर्तामोडको सहरी पूर्वाधार विकास, बस्तीको बजारसँगको सम्पर्क विस्तार र स्थानीय आर्थिक गतिविधि प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको कोशी प्रदेशका पूर्व खानेपानी तथा सिचाई मन्त्री तथा स्थानीय एकराज कार्कीले बताए ।
आज एक समारोहको बीच पुर्ब मन्त्री कार्किको बाहुलिवसट सडकको उदघाटन गर्न लागिएको बिर्तामोड नगरका प्रमुख पवित्रा महतरा प्रसाईले नेपाल न्युज बैंकलाई बताए ।


Salina Magar 













प्रतिक्रिया दिनुहोस्