images
  • मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक ४, मंगलवार १५:४६ गते
    images
    images
    images

    सर्लाही : सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकखण्डमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो।

    गौतमका अनुसार अनियन्त्रित भई भएको दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्