कञ्चनपुर — कञ्चनपुरमा २२ ग्राम भन्दा बढी लागु औषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले यही कात्तिक १ र २ गते भीमदत्त नगरपालिकाका फरक-फरक स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कात्तिक १ गते भीमदत्त नगरपालिका वडा नं. ९ बाट १८ वर्षका अवि नाथ १२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। यस्तै, कात्तिक २ गते भीमदत्त नगरपालिका वडा नं. १८ का ३३ वर्षीय राजन चौधरी १० दशमलव ४२० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
उनीहरू दुवै जनाको साथबाट जम्मा २२ दशमलव ४२० ग्राम खैरो हेरोइन बरामद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्