images
  • जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्’

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २९, बिहीबार १६:०९ गते
    images
    images
    images

    जेनजी अगुवा रक्षा बमले चाडबाडका बेला यात्रुहरूले भोग्नुपरेका समस्यालाई लिएर सरकारमाथि प्रश्न गरेकी छन् ।

    उनले दशैँ मनाउन घर हिँडेका नागरिकले बसमा क्षमताभन्दा बढी यात्रु कोचिएको गुनासो गरिरहेका र राजमार्गका होटलमा चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खानुपरेको बमले उल्लेख गरेकी छन् ।

    उनले यस्ता समस्या सुधारका लागि ३०–३५ वर्ष पक्कै लाग्दैनथ्यो होला भन्दै कटाक्ष गरेकी छन् ।

    ‘सायद ६ महिनामै पनि केही न केही त गर्न सकिने काम थियो यो । तर भएन । नागरिकको दैनिक समस्या सुधार गर्ने हिम्मत देखेर मत दिएका हुन् जनताले’, रक्षाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अब तपाईंहरूको सुधार गर्न सक्ने ल्याकत पनि नापिरहेका छन् है । यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन् ।’

    प्रतिक्रिया दिनुहोस्