images
  • बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न सूचना जारी

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २९, बिहीबार १३:४० गते
    images
    images
    images

    काठमाडौं । भारतीय अभिनेता आमिर खानका भान्जा एवं बलिउड अभिनेता इमरान खानलाई ‘फरेनर्स रिजनल रजिस्ट्रेसन अफिस’ले सूचना जारी गर्दै आगामी अक्टोबर २८ सम्ममा भारत छाड्न निर्देशन दिएको छ ।

    इमरान खानमाथि भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनमा सहभागी भई ‘फरेनर्स एक्ट’ (विदेशी नागरिकसम्बन्धी कानुन) उल्लंघन गरेको आरोप छ ।

    इमरान खान मुम्बईको ‘अगस्त क्रान्ति मैदान’मा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनका क्रममा उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।

    त्यसपछि भारतीय जनता पार्टी (भाजपा)का नेता किरीट सोमैयाले इमरान खान अमेरिकी नागरिक रहेको र उनले पर्यटक/विदेशी भिसाको नियम उल्लंघन गरेको आरोप लगाएका थिए । सोमैयाले यस सम्बन्धमा प्रहरीमा औपचारिक उजुरीसमेत दर्ता गराएका थिए ।

    मुम्बई प्रहरीका अनुसार, गामदेवी प्रहरी स्टेसनमा खानले विदेशी एने उल्लंघन गरेको आरोपमा उजुरी दर्ता भएको थियो । पछि उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि विदेी क्षेत्रीय दर्ता कार्यालयमा पठाइएको हो ।

    नाम नखुलाउने सर्तमा एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार, उक्त सूचनामा उनलाई अमेरिकी नागरिकका रूपमा उल्लेख गर्दै ‘अध्यागमन तथा विदेशी ऐन’ को दफा ७ र २९ उल्लंघन गरेको आरोप लगाइएको छ । सोही आधारमा उनलाई तोकिएको समयावधिभित्र भारत छाड्न निर्देशन दिइएको हो ।

    प्रतिक्रिया दिनुहोस्