बाँकेको खजुरा गाउँपालिकाबाट तास खेलिरहेको अवस्थामा नगद ५७ हजार चार सय ७० रुपैयाँसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार असोज २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नं. ०७ सोनवर्षास्थित विष्णु वर्माको खाली घरको छतमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट प्रहरी टोली खटिएको थियो।
उक्त टोलीले तास खेलिरहेका १२ जना व्यक्तिहरूलाई नगद ५७,४७० रुपैयाँ, खोलेको तासको गड्डी १ थान र नखोलेको तासको गड्डी १ थानसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ इन्द्रपुर बस्ने ३४ वर्षीय अर्जुन कुमार वर्मा, खजुरा गाउँपालिका-०७ सोनवर्षा बस्ने ३५ वर्षीय सन्तोष वर्मा, ३१ वर्षीय पवन कुमार यादव, ३८ वर्षीय इशरार अहमद खाँ, ५३ वर्षीय हरिहर कुर्मी, ३५ वर्षीय मनोज कुमार राढ, ३८ वर्षीय बराती राढ, ४५ वर्षीय प्रभु दमाल राढ, २८ वर्षीय बिक्रम राढ, ३८ वर्षीय मालिकराम राढ, रनियापुर बस्ने ६३ वर्षीय सन्नाम कसाई र ६४ वर्षीय वकिल कुरेसी रहेका छन्।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय बाँकेबाट जुवा सम्बन्धी कसुरमा ३ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रतिश सिंह राठौरले जानकारी दिएका छन्।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्