images
  • पहिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २६, सोमबार १३:५३ गते
    images
    images
    images

    मुगु । सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

    सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो।

    पहिरोभित्र च्यापिएका चालकलाई जेसीबीको मद्दतले उद्धार गरी बिहान १०ः३० बजे बा.प्र. ०१००४ क ६४८३ नम्बरको ट्रकमा राखेर प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लैजाने क्रममा उनको अवस्था निकै चिन्ताजनक रहेको थियो ।

    प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा मध्याह्न १२ः१० बजे पुर्‍याउनासाथ कार्यरत चिकित्सकले चालक बिमल बागलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कायालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिएका छन ।

    यस्तै घटनामा घाइते भएका सहचालकलाई उपचारका लागि खत्याड गाउँपालिका ५ माझचौरस्थित चन्दनाथ पोलिक्लीनिक पठाइएको थियो । हाल उनको अवस्था सामान्य रहेको र पोलिक्लीनिकमा उपचार भइरहेको छ ।

    सडकमा पहिरो पन्छाउने काममा प्रयोग गरिएको जेसीबी भने घटनास्थलमै रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्