images
  • सत्तिघाट पुलबाट कर्णाली नदीमा हाम फालेका २३ वर्षीय युवकको सकुशल उद्धार

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २५, आईतवार १९:२८ गते
    images
    images
    images

    बर्दिया। बर्दियाको राजापुर स्थित सत्तिघाट पुलबाट कर्णाली नदीमा हाम फालेका एक युवकको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार यही मिति शनिवार साँझ करिब साढे पाँच बजेको समयमा राजापुर नगरपालिका वडा नं. ८ स्थित सत्तिघाट पुलबाट एक पुरुषले नदीमा हाम फालेको खबर प्राप्त भएको थियो।

    सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरी नायब निरीक्षक झबिन्द्र प्रसाद आचार्यको कमान्डमा ८ जना र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म हे.क्वा. राजापुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश भट्टको कमान्डमा १० जनाको टोली तत्काल उद्धारका लागि खटिएको थियो। 

    नदीमा हाम फाल्ने व्यक्ति बर्दियाको राजापुर नगरपालिका वडा नं. ३ टेडिया बस्ने २३ वर्षीय पुजन चौधरी रहेको खुलेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रबर बोटको सहायताले खोजतलास गर्दै पुलभन्दा करिब ५०० मिटर तलबाट उनलाई  उद्धार गरेको हो।  सकुशल उद्धारपश्चात् युवकलाई उनका आफन्तको जिम्मा लगाइएको बर्दिया प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्