images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २५, आईतवार १०:३६ गते
    images
    images
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९१, सिसिटिभिमार्फत २३, रातोबत्तीमा १९ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ८३, हर्न निषेधमा ११, लेन क्रसमा २, अवस्था ठिक नभएको १४, एकतर्फीमा ३ र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्