सिनेमामा रुचि राख्नेहरूका लागि आज बिहानै एउटा दुखद खबर आयो। आफ्नो अभिनय र फरक शैलीको संवाद प्रस्तुतिका लागि परिचित बलिउड अभिनेता नाना पाटेकरको भारतको गोवामा निधन भयो। उनको जीवन अभिनयको क्षेत्रमा त लोभलाग्दो छ नै, तर उनसँग जोडिएको कारगिल युद्धको एउटा प्रसङ्ग पनि निकै रोचक छ।
उनले एक अन्तर्वार्तामा बताए अनुसार सन् १९९९ को कारगिल युद्धका बेला उनी भारतीय सेनासँगै रहन चाहन्थे। यस्तोमा उनले त्यस समयका रक्षामन्त्री जर्ज फर्नान्डिससँग अनुमति मागे।
रक्षामन्त्रीले सुरुमा सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै यस्तो परिस्थितिमा कुनै पनि आम नागरिक सेनाका जवानहरूसँग बस्न नसक्ने बताए।
पाटेकरले त्यस समयको छलफलका क्रममा तत्कालीन रक्षामन्त्रीलाई कमान्डो कोर्सको जानकारी दिए। उनले यो कोर्स पूरा गरिसकेको बताए। उनसँग हतियार चलाएको अनुभव छ। त्यस बेला त्यहाँ जाने इच्छा प्रकट गर्दै पाटेकरले राइफल सुटिङमा पनि राष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गरिसकेको र कांस्य पदक (ब्रोन्ज मेडल) जितिसकेको जानकारी गराए।
अन्तर्वार्तामा पाटेकरले आफ्नो सुटिङको अनुभवलाई पनि सम्झिए। उनले मुस्कुराउँदै भने, “म एक राम्रो सुटर हुँ। मैले राइफल सुटिङमा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेको छु।”
भारतीय सेनासँग ६० दिनसम्म रहे
उनको यो सबै जानकारी पाएपछि रक्षामन्त्रीका तर्फबाट उनलाई भारतीय सेनासँगै रहने अनुमति मिल्यो। नाना पाटेकर सेनासँग त्यस समय ६० दिनसम्म रहेका थिए। भारतीय सेनाको बर्दी र युद्धको परिस्थितिमा उनी पनि भारतीय सेनासँगै लडे।
पाटेकरले अन्तर्वार्तामा बताए अनुसार फर्नान्डिसले उनलाई कहिले जान चाहनुहुन्छ भनेर सोधेका थिए। उनले आफू त्यहाँ जानका लागि पूर्ण रूपमा तयार रहेको बताए, त्यसपछि उनलाई सोही दिननै त्यहाँ जानका लागि भनियो। अभिनेता पाटेकरले भनेका छन ‘मैले सैनिकहरूसँग लगभग ६० दिन बिताएको छु । द्रास, लेह, कुपवाडा, बारामुल्ला र सोपोरसहित धेरै ठाउँहरूको भ्रमण गरेको छु ।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्