images
  • कांग्रेसको समावेशी उपसभापतिमा सीता गुरुङको उम्मेदवारी

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २०, मंगलवार १७:३६ गते
    images
    images
    images

     

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

    मंगलबार राष्ट्रिय सभागृहस्थित मनोनयन दर्तास्थल पुगेर गुरुङले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ। सोही क्रममा गुरुङले उपसभापति पदमा उम्मेदवारी दिएकी हुन्।

    गुरुङ लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन्। यसपटक उनले पदाधिकारीतर्फ उपसभापति पदमा दाबी प्रस्तुत गरेकी हुन्।

    प्रतिक्रिया दिनुहोस्