चर्चित हास्य कलाकार तथा नेपाल सांस्कृतिक महासंघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
रिजालले मंगलबार राष्ट्रिय सभागृह पुगेर पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। सर्लाही क्षेत्र नम्बर ४ बाट उनी तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
थुप्रै टेलिफिल्म, फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरेका रिजाल टेलिभिजन प्रस्तोता पनि हुन्।


Salina Magar 















प्रतिक्रिया दिनुहोस्