नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर शर्माले वारेस पुष्पराज पौड्यालमार्फत मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।
शर्माको उम्मेदवारीका प्रस्तावक उद्धव थापा र केदार भण्डारी तथा समर्थक सुधीर सिवाकोटी र देनुकुमार थेवे रहेका छन्।


Salina Magar 















प्रतिक्रिया दिनुहोस्