images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १९, सोमबार १०:५६ गते
    images
    images
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७८, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १४, लेन क्रसमा ६, अवस्था ठिक नभएको २४, एकतर्फीमा ११ र अन्यमा ३९० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्