फागुन २१ गते तोकिएको निर्वाचनअघि वैकल्पिक शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बलियो समीकरण बनाएको छ । रवि लामिछाने नेतृत्वको रास्वपाले कुलमान घिसिङ र बालेन शाहलाई पार्टीमा भित्र्याएको हो ।
यी तीन शक्ति एकठाउँमा आएसँगै पुराना दललाई चुनौती थपिएको छ । रोचक त के छ भने वैकल्पिक राजनीतिक धारकै श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपामा कुलमान र बालेनको एकताको आलोचना गरेका छन् ।
उनले दैनिक सामाजिक सञ्जालमार्फत एकपछि अर्को गर्दै रास्वपा र सम्बन्धित नेताहरुको आलोचना गर्दै आएका छन् । कतिपयले यसलाई हर्कको छटपटीका रुपमा टिप्पणी गरेका छन् ।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्