images
  • एक्सप्रेस वेमा हिँडेको सरकार गन्तव्य नपुग्दै ब्रेक लाग्यो ;आर्यन

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १६, शुक्रबार १३:३८ गते
    images
    images
    images

    श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकारले कानून निर्माणमा अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

    बिहीवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारको ६ महिनाको कामको समीक्षा गर्दै राईले प्रधानमन्त्रीले चितवनमा सरकारको गाडी एक्सप्रेस वेमा हिँडेको र गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताएको स्मरण गरे ।

    तर सरकार गन्तव्यमा नपुग्दै रोकिएको उनको टिप्पणी छ । उनले सरकारको गाडी अहिले कोटेश्वर र रत्नपार्कको जाममा फसेको टिप्पणी गरे । उनले सरकारले विकास निर्माण र सुशासनको पक्षमा समेत जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

    उनले भने, ‘कानून निर्माणको विषयमा सरकारले बाहिर हल्ला गरेजस्तो काम त भएन । तर पनि केही केही कानूनहरु बनेका छन् । तर पनि निर्माण भएका कानून हामी सबैका साँझा हुन् । हामी सबैले आत्मसाथ गर्नुको विकल्प छैन । सरकारको ६ महिनाको कामको समीक्षा गर्दा, प्रधानमन्त्रीज्यूले चितवनमा हामी एक्सप्रेस वे मा हिँडेका छौँ, गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्छ भन्नुभएको थियो । तर उहाँहरु गन्तव्यमा नपुगि ब्रेक लाग्नुभयो । उहाँहरु आजभोलि कोटेश्वर र रत्नपार्कको जाममा फस्नुभएको छ । सरकारको अवस्था यस्तो छ । उहाँहरुले विकास कहाँ गर्नुभयो भन्दाखेरी सामाजिक सञ्जालमो एल्गोरिदममा गर्नुभयो । विकास एल्गोरिदममा होइन परिणाममा दिनुपर्छ ।’

    उनले विकास सामाजिक सञ्जालको एल्गोरिदममा नभई परिणाममा देखिनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्