images
  • राष्ट्रियसभाको बैठक बस्दै 

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १६, शुक्रबार १०:३८ गते
    images
    images
    images

    काठमाडौं सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे बस्ने बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ ।

    बैठकमा प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

    यस्तै, आजको बैठकमा ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस्