images
  • ३ लाख धरौटीमा रिहा भए अशोक यादव

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १५, बिहीबार १०:५९ गते
    images
    images
    images

    नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    जिल्ला अदालत सर्लाहीका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

    उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाही ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।

    अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्