images
  • हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ 

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन ११, आईतवार १७:४५ गते
    images
    images
    images

     

    मनाङ । हिमाली जिल्ला मनाङस्थित हिम्लुङ हिमालको बेसक्याम्पमा हिमपहिरो खसेको छ ।

    नेपाल प्रहरीका अनुसार बेसक्याम्प क्षेत्रमा हिमपहिरो गएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार टोली घटनास्थलतर्फ पठाइएको छ । भौगोलिक विकटता तथा प्रतिकूल मौसमकाबीच उद्धार कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

    हिमपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्