images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १८६ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन ५, सोमबार ११:४३ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १८६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८१ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ५२, लेन क्रसमा ५१, अवस्था ठिक नभएको ३८, एकतर्फीमा ८ र अन्यमा ६३६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्