• सुशीला बम्जनको त्यो कहालीलाग्दो आइतबार,हत्या हुनु अघि गरेकी थिइन आमालाई फोन

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष ९, बुधबार १५:४८ गते
    images

    सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको २.५ तले घरको बीच तल्लास्थित भान्सा कोठाभित्र पेट्रोल÷मट्टितेल छर्की आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको थियो ।

     

    सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङले आइतबार बिहान आमा बुद्धिमाया घिसिङलाई फोन गर्दै भनिन्,

    “आमा, मलाई लिन आउनु… आज त मलाई मार्ने नै हो भन्छन्।”फोनको अर्कोपट्टि आमा छोरीको रुवाइ सुन्दै थिइन्,।यहाँ सुशीला मृत्यु नजिकिँदै गरेको थाहा पाउँदै थिइन्।आमाले सम्झाइन्—“आज एकदिन बस, भोलि बाबुलाई लिन पठाउँछु।”तर त्यो ‘भोलि’ सुशीलाको जीवनमा कहिल्यै आएन।

    उनी यो कुरा आफ्नी बहिनी सन्दी घिसिङ, दाजुभाइ र भाउजू निर्मला स्याङतानलाई पनि पटक–पटक सुनाइरहेकी थिइन्।घरभित्र निरन्तर हिंसा, धम्की र डरको वातावरण रहेको कुरा उनले बारम्बार बताएकी थिइन्।

    तर समाजले, प्रणालीले, समयले—उनको आवाज समयमै सुनेन।घटना भएको दिन दिउँसो सुशीलाले विद्यालयबाट आएका आफ्ना तिम्ल्याहा सन्तानलाई घरमा बोलाइन खाजा खुवाइन्।माया गरिन्।सायद अन्तिम पटक।

    छोराछोरीलाई ट्युसन पुर्‍याएर फर्किँदा उनको मन डरले काँपिरहेको थियो।तर उनी आमा थिइन्—डरभन्दा जिम्मेवारी ठूलो थियो।घर फर्किएपछि जुन घरले सुरक्षा दिनुपर्ने थियो,त्यही घर उनको चितास्थल बनाइयो।प्रहरी अनुसन्धान अनुसार भान्सा कोठामा पस्नेबित्तिकै

    नन्द मीना बोम्जनले सुशीलाको शरीरभरि पेट्रोल खन्याइन्।लाइटर बालिन्।र बाहिर निस्केर ढोका चुकुल लगाइन्। त्यसैबेला सासु मायारानी बोम्जनले माथिल्लो तलाको च्यानल गेटमा ताल्चा लगाइदिइन्। उद्धारको सबै बाटो बन्द गरियो। मानवता बन्द गरियो। एक आमाको जीवन आगोमा थुन्ने निर्णय गरियो।

    सुशीलाको चिच्याहट छिमेकीहरूले सुने। हारगुहार सुनियो। तर ढोका बन्द थियो। ताला बोल्दैनथ्यो।आगो रोकिएन। ढोका खोलिँदा सुशीला अब बोल्न सक्ने अवस्थामा थिइनन्। घटनास्थलमै उनको मृत्यु भइसकेको थियो। घटनास्थलबाटपेट्रोलको गन्ध, रित्तो बोतल

    र लाइटर फेला परेपछि यो आत्महत्या होइन,

    निर्मम हत्या भएको पुष्टि भयो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार

    नन्द मीना बोम्जनले बिहानैदेखि हत्या गर्ने योजना बनाएको,घर नजिकैको पसलबाट पाँच लिटर पेट्रोल किनेर आफैंले आगो लगाएको स्वीकार गरेकी छन्।

    उनको बयानमा परिवारका अन्य सदस्यहरूको समेत संलग्नता रहेको उल्लेख छ। सुशीलाका श्रीमान् सूर्य बोम्जन विगत दुई वर्षदेखि कोरियामा रहेका छन्।

    प्रहरीका अनुसार हत्या घटनामा श्रीमान्को मानसिक समर्थन रहेको बयानमा उल्लेख गरिएको छ। सुशीलाले यसअघि पनि लामो समयदेखि घरेलु हिंसा सहँदै आएको

    माइती पक्षले बताएका छन्। मृतकका बुवा प्रेमबहादुर घिसिङले सासु मायारानी, ससुरा दुर्गामान र नन्द मीना बोम्जनविरुद्ध किटानी जाहेरी दिएका छन्। जाहेरीपछि

    सासु र नन्द नियन्त्रणमा छन्।ससुरा प्रहरी निगरानीमा उपचाररत छन्।तर सबैभन्दा ठूलो पीडा—तीन जना तिम्ल्याहा सन्तान आज आमाविहीन भएका छन्।

    आमाको अन्तिम काख आगोमा जलेर समाप्त भयो।

     

    प्रतिक्रिया दिनुहोस्