• images
    images

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८५२ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २५, बिहीबार १३:३९ गते
    images
    images
    images
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८३, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४८ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ७०, हर्न निषेधमा २५, लेन क्रसमा २४, अवस्था ठिक नभएको २२, एकतर्फीमा १४ र अन्यमा ५०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्