• images
    images

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६२१ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र १५, सोमबार १०:१६ गते
    images
    images
    images
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५५, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ८५, हर्न निषेधमा १९, लेन क्रसमा ५, अवस्था ठिक नभएको १६, एकतर्फीमा ५ र अन्यमा ३३५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्