• images
    images

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७१३ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २४, बुधबार ११:०७ गते
    images
    images
    images
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६५, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ९७, हर्न निषेधमा २३, लेन क्रसमा १५, अवस्था ठिक नभएको २२, एकतर्फीमा ९ र अन्यमा ३६२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्