• images
    images

    प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष जनरल धीरज सेठबिच भेट

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २, मंगलवार १६:०७ गते
    images
    images
    images
    images

    प्रधानमन्त्री एवम् रक्षामन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको उक्त भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए।

    नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका हुन्।

    भ्रमणको दोस्रो दिन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

    नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ।

    यसअघि सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस्