• images

    देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २८, आईतवार ०५:२५ गते
    images

    काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले राज्य छ कि छैन् भन्ने अवस्थामा पुगेको बताएका छन् ।शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा दल, नेताहरु, राजनीतिक शक्तिहरु सबै हुँदा पनि राज्यविहीन जस्तो अवस्थामा रहेको बताएका हुन् ।

    उनले भने, ‘देश जटिल परिस्थितिमा छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यस्तो अवस्थालाई राज्य छ कि छैन् भनेजस्तो लाग्छ । दल छन्, देश छ, नेताहरु पनि छन्, राजनीतिक शक्तिहरु पनि छन् तर आज राज्य कहाँ छ, राज्य छ कि छैन् भन्ने अवस्था छ । यस्तो जटिल अवस्थामा तपाइँहरुले महाधिवेशन आयोजना गर्नु भएको छ ।’

    यस्तै, उनले देशको सार्वभौमिकता के हुन्छ भन्ने प्रश्न जनताको मनमा रहेको भन्दै यसको जवाफ दिन जरुरी रहेको बताए । उनले भने, ‘आज नेपाल एउटा संकटमा उभिएको छ । हाम्रो देशको सार्वभौमिकता के हुन्छ भन्ने प्रश्न जनताको मनमा रहेको छ र हामीले यसको जवाफ दिनुपर्छ । कम्युनिष्टहरुले देशमा धेरै दुःख गरेका छन् अर्थात राजनीतिक शक्तिहरुले धेरै दुःख गरेका छन् ।’ थुप्रै प्रश्नहरुको बीचमा नेकपा एमाले रहेको भन्दै यसको जवाफ दिनुपर्ने पनि उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्