images
  • ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २७, बुधबार २१:४६ गते
    images

    पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साझ पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरे ।

    श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनी जनआस्था साप्ताहिका सम्पादक हुन् ।

    प्रतिक्रिया दिनुहोस्