• images

    सविन बने टप १६ ग्रान्ड मास्टर्स स्नूकरको च्याम्पियन

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २४, आईतवार २०:३६ गते
    images

    सविन तामाङले शनिबार प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप उपाधि जितेका छन् ।

    नेपालकै पुरानो क्लबमध्येको एक काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सविनले रोहित क्षेत्रीलाई सजिलै ६–१ सेटमा पराजित गरे ।

    वेस्ट अफ इलेभेनको फाइनल सविनले सजिलै ५९–३२, १–७०, ७३–५२, ५९–४१, ७४–२२ र ६८–१३, ६७–१७ ले जितेका हुन् । सविनले रोहितलाई हराएको यो तेस्रो पटक हो । यसैगरी रोहित लगातार दोस्रो पटक फाइनलमा पराजित भएका हुन् । पछिल्लो प्रतियोगता नेपाल मास्टर्स स्नूकर प्रतियोगितामा रोहित फाइनलमा सोम लामासँग पराजित भएका थिए ।

    त्रिपुरेश्वरस्थित एनआरटीको आफ्नै भवनमा भएको प्रतियोगिता जितेपछि सविनले ट्रफीसहित एक लाख ११ हजार १११ रुपैंयाँ हात पारे । उपविजेता रोहितले ५१ हजार रुपैंयाँसहित ट्रफीमा सीमित भए ।

    यसैगरी सेमीफाइनलिस्टद्वय वाङचू तामाङ र राजन गुरुङलाईलाई जनही २५ हजार रुपैंयाँसहित ट्रफी प्रदान गरियो ।

    प्रमुख अतिथि केकेएम एनआरटीका संरक्षक समितिका सदस्य दुर्गा महर्जन, बागमती प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठ, एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी, महासचिव सतिसकृष्ण श्रेष्ठ, प्रतियोगिता संयोजक राजेन्द्र शाक्य (माईला) र नेपाल बिलियार्ड स्नुकर र पुल संघका अध्यक्ष सरोज मुल्मीलगायतले विजेताहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरे ।

    प्रतियोगता साउन १३ गते सुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्