• images

    सर्वसाधारण धम्क्याउँदै हिँड्ने तीन जना पेस्तोलसहित पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २४, आईतवार १९:१४ गते
    images

    २४ साउन, काठमाडौं । कपिलवस्तु प्रहरीले पेस्तोलसहित तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा कपिलवस्तुकै कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप छन् ।

    उनीहरूमाथि बहादुरगञ्जवासीलाई डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको आरोप छ । सोही सूचनाका आधारमा खोजी गर्दै जाँदा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

    उनीहरूबाट एक थान पेस्तोल र लु ६१ प ७०७२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्