• images

    एक सिलिन्डर ग्यास ७ हजारमा बेच्दा प्रहरीको फन्दामा

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २३, शनिबार १९:२२ गते
    images

    खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्ने वर्ष ५७ को तुलसीराम त्वयना रहेका छन् ।

    उनले उपभोक्ताहरूलाई प्रति सिलिण्डर ७ हजारका दरले बिक्री वितरण गरेको भन्ने जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सो क्रममा प्रहरी टोलीले चेकजाँच तथा अनुगमन गर्दा ३ थान सिलिण्डर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्