• images

    सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २३, शनिबार १५:३० गते
    images

    मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।

    काठमाडौंको थापागाँउस्थित ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात दलले मोर्चा घोषणा गरेका हुन् ।

    मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् ।

    मोर्चामा तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी पनि सहभागी भएको छ ।

    प्रतिक्रिया दिनुहोस्