काठमाडौं– देशभरका प्रहरी कार्यालयमा पछिल्लो एक वर्षमा ६१ हजार १६ वटा कसुरका घटना दर्ता भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर ६१ हजार १६ वटा अपराधसम्बन्धी जाहेरी दर्ता भएका हुन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले सबैभन्दा धेरै मुद्दा बैङ्किङ कसुरसँग सम्बन्धित रहेको जानकारी दिनुभयो।
प्रहरीका अनुसार देशभर बैङ्किङ कसुरसम्बन्धी १२ हजार ९५० वटा जाहेरी दर्ता भएका छन्। तीमध्ये काठमाडौँ उपत्यकामा मात्रै ६ हजार २२ वटा बैङ्किङ कसुरका जाहेरी परेका छन्।
कुल अपराधका घटनामध्ये सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा दर्ता भएका छन्। उपत्यकामा एक वर्षको अवधिमा १५ हजार २९७ वटा कसुरका घटना प्रहरीमा दर्ता भएका छन्।
यस्तै, कर्णाली प्रदेशमा बैङ्किङ कसुरसम्बन्धी ३५५ वटा जाहेरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन विभिन्न उपाय अवलम्बन गर्दै आएको जनाएको छ।


chautaripatrika 












प्रतिक्रिया दिनुहोस्