• images

    देउवा फर्किनेवारे के भन्छ प्रहरी ?

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २२, शुक्रबार १८:१५ गते
    images

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिटै स्वदेश फर्किने उनीनिकट नेताहरूले बताइरहेका छन् ।

    गत भदौमा भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यतिबेला उपचारको क्रममा हङकङमा रहेका छन् । उनी यही साउन २६ गते साँझ स्वदेश फर्किने तालिका छ ।

    देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किने बारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अबिनारायण काफ्ले भन्छन्, ‘हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ ।’

    प्रतिक्रिया दिनुहोस्