रामेछाप । जेनजी आन्दोलनका क्रममा जिल्लाभर भएका आगजनी र तोडफोड प्रकरणमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी घटनामा संलग्न आरोपितको नाम सार्वजनिक गर्दै उनीहरू विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको हो ।
गत भदौ २३ र २४ गते सिन्धुलीका विभिन्न सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिलाई लक्षित गर्दै तोडफोड तथा आगजनी गरिएका थिए । प्रहरीका अनुसार आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय, करदाता सेवा कार्यालय, कमलामाई नगरपालिका–५ को वडा कार्यालयसहित राजनीतिक दलका कार्यालय तथा निजी घरमा ठुलो क्षति पुगेको थियो ।
प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार प्रत्यक्ष संलग्न व्यक्तिहरूको पहिचान सामाजिक सञ्जालमा आएका भिडियो तथा सिसी टिभी फुटेजका आधारमा गरिएको हो । ‘पहिलो चरणमा चार प्रमुख सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीका कर्ताको विस्तृत अनुसन्धान भइरहेको छ, थप संलग्नको पहिचान गर्ने काम निरन्तर छ’, उनले भने ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्