बलिउडका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। उनले लगान, गजनी लगायतका चर्चित चलचित्रमा आफ्नो सशक्त अभिनयबाट छुट्टै पहिचान बनाएका थिए।
उनको निधनको खबर अभिनेता यशपाल शर्माले मंगलबार इन्स्टाग्राममार्फत भावुक श्रद्धाञ्जली व्यक्त गर्दै सार्वजनिक गरेका हुन्।
प्रदीप रावतका म्यानेजर सिद्धार्थ तिवारीका अनुसार उनी क्यान्सरबाट पीडित थिए र केही समयअघि रोग पुनः बल्झिएको थियो। “उनको केही घण्टाअघि निधन भएको हो,” तिवारीले भारतीय सञ्चारमाध्यमसँग बताएका छन्।
रावत विगत एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत थिए। उनका श्रीमती र छोरा विक्रमादित्य छन्।
प्रदीप रावतले हिन्दीसँगै तेलुगु, तमिल, कन्नड, मलयालमलगायत विभिन्न भारतीय भाषाका चलचित्रमा अभिनय गरेका थिए। विशेषगरी खलनायक पात्रमा उनको अभिनय दर्शकमाझ निकै लोकप्रिय थियो। लगान र आमिर खान अभिनीत गजनीमा निभाएको भूमिकाले उनलाई भारतीय सिनेमाका चर्चित चरित्र अभिनेतामध्ये एक बनाएको थियो।


Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्