images
  • कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १९, मंगलवार १०:१५ गते
    images
    images
    images

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।

    देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेश प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भूभाग केही स्थानमा मेघगर्जन रचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेश प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्