• images

    गोठाटार पहेँलो पुलमा रहेको काठ गोदाममा शनिबार राति आ’गलागी

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १६, शनिबार २२:३२ गते
    images

    काठमाडौंको गोठाटारस्थित एक काठ गोदाममा आगलागी भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, करिब साढे ९ बजेबाट उक्त काठ गोदाममा आगलागी भएको छ ।

    अहिले दमकलसहित प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भइरहेको उनले बताए । आगो करिब नियन्त्रणको अवस्थामा रहेको पनि उनले बताए ।

    ‘आगो करिब करिब नियन्त्रणको चरणमा छ,’ उनले भने । आगलागीको कारणबारे खुलिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्