काठमाडौँ । नेपाली काँग्रेसका नेता डा। सुनिल शर्माले इमानदारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ—३ बाट सर्वसम्मत सिफारिस भएका शर्माले सोही कार्यक्रमस्थलमा यस्तो बताएका हुन् ।उनले २०८२ सालमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै काँग्रेसले मोरङ—३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्ने बताए । देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रूपमा मानेर आम देशभरका नेपाली काँग्रेसका नेता, कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ ऊर्जा भरेर मुलुकभर लैजानुपर्ने बताए ।
आफू मन्त्री हुने वा नहुने अर्को पाटो भएपनि इमानदारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।उनले भने ‘यो ०८२ सालमा चुनाव हुन्छ हुँदैन थाहा छैन । चुनाव भयो भने नेपाली काँग्रेसलाई एउटा ठुलो सन्देश हो, काँग्रेस पार्टीभित्र हृदयबाटै मेलमिलापसहित प्रतिनिधि सभामा अरू ठाउँमा पनि सर्वसम्मत हुन सक्दो रहेछ भनेजस्तै देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रूपमा मानेर आम देशभरका नेपाली काँग्रेसका नेता,कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ ऊर्जा भरेर मुलुकभर लैजानुहुन्छ, नेपाली काँग्रेसले फेरि पनि बहुमत ल्याउँछ, त्यो सबैभन्दा ठुलो सफलता हो र ३ नम्बर क्षेत्रका सबै नेताहरू नेपाली काँग्रेसका कार्यकर्ता र नेताहरू धन्यवादको पात्र हुनुहुन्छ । मन्त्री हौँला नहोला फरक कुरा हो । तर इमानदारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर भगवान्ले प्रदान गर्नुहुनेछ ।’
निर्वाचन क्षेत्र नम्बर ३ का जनताले डा। शर्माको विकल्प नभएको बताए । मन्त्री बन्ने आशीर्वाद आफूहरूले दिनुपर्ने बताए । प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ—३ बाट नेपाली काँग्रेसले शर्माको एकल नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिको बैठकले डा। शर्मालाई आगामी हुने प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेसँगै नेपालभर नै नेपाली काँग्रेसको उम्मेदवार हुन सिफारिस हुनेमा डा। शर्मा पहिलो समेत भएका छन् ।
काँग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ—३ मा भने अन्य कुनै नेताले उम्मेदवारी दाबी गरेनन् ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्