• एमएमए स्टार रविन्द्र भाटभटेनीको ब्राण्ड एम्बेसडर

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण ९, शनिबार १७:५५ गते
    images

    काठमाडौं । प्रतिष्ठित मार्सल आट्र्स खेलाडी रवीन्द्र ढाँट भाटभटेनी सुपर मार्केट्सका ब्रान्ड एम्बेसेडर बनेका छन् ।

    सुपरमार्केटले उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बेसेडरमा अनुबन्ध गरेको हो । ढाँटले भाटभटेनी, पेपे पिज्जा र पेपे आइसक्रिमको प्रतिनिधित्व गर्नेछन् ।

    रवीन्द्र यूएफसीमा गएर नेपालको प्रतिनिधित्व गर्न लागेकाले उनको सानदार यात्रामा सँगै रहन पाउँदा गौरव महसुस भएको भाटभटेनीले जनाएको छ ।

    भाटभटेनी देशभर फैलिएको सुपरमार्केट्स हो । विभिन्न सामाजिक कार्यमा सहयोगमा अग्रणी रहेको संस्था भाटभटेनीले ढाँटलाई तीन वर्षका लागि ब्रान्ड एम्बेसेडरमा अनुबन्ध गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्