• images
    images

    एम्बाप्पेले जिते लगातार दोस्रोपटक ‘गोल्डेन बुट’

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण ४, सोमबार ०७:५८ गते
    images
    images
    images
    images

    फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप फुटबलमा लगातार दोस्रोपटक ‘गोल्डेन बुट’ जितेका छन्।

    विश्वकपको इतिहासमै उनी लगातार दुईपटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका हुन्।

    हालको विश्वकपमा उनले ८ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेस्सीलाई पछि पारेका हुन्।

    यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि ८ गोल गर्दै एम्बाप्पेले गोल्डेन बुट जितेका थिए।

    विश्वकप-२०२६ मा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्स इङ्गल्यान्डसँग ६–४ ले हारे पनि एम्बाप्पेले २ गोल गरेका थिए। योसँगै यस विश्वकपमा उनले कुल १० गोल गरेका हुन्।

    उनले ८ गोल गरेका अर्जेन्टिनाका मेसीसँगै ७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका जुड बेलिङ्घम र ६ गोल गरेका ह्यारी केन र ओसमान डेम्बेलेलाई पछि पारेका हुन्।

    यस विश्वकपमा एम्बाप्पेले सुरुमा सेनेगलविरुद्धको खेलमा २ गोल गरेका थिए। त्यसपछि इराकविरुद्ध २ गोल, प्रिक्वाटरफाइनल (राउन्ड अफ ३२) मा स्विडेनविरुद्ध २ गोल, क्वाटरफाइनल (राउन्ड अफ १६) मा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत १ गोल र सेमिफाइनल (क्वाटरफाइनल) मा मोरक्कोविरुद्ध १ गोल गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्