• images
    images

    एनपीएल तेस्रो संस्करण : क्याटेगोरी ‘सी’का १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध

    • Bishnu GC Bishnu GC
    • २०८३ असार २२, सोमबार १९:२२ गते
    images
    images
    images
    images

    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सन सुरु भएसँगै पहिलो चरणको क्याटेगोरी ‘सी’ मा १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन्। विराटनगर किङ्स र जनकपुर बोल्ट्सले सर्वाधिक ४ लाख २५ हजार रुपैयाँ खर्च गर्दै क्रमशः सुजन थपलिया र रित गौतमलाई टोलीमा भित्र्याएका छन्।

    राजधानीमा जारी अक्सनमा क्याटेगोरी ‘सी’ का ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए। हालसम्म १२४ खेलाडीमध्ये १७ जना विभिन्न टोलीमा अनुबन्ध भएका छन्।

    यस चरणमा विराटनगर किङ्सले सुजन थपलियालाई ४ लाख २५ हजार रुपैयाँमा अनुबन्ध गर्दै सबैभन्दा बढी रकम खर्च गरेको छ। विराटनगर किङ्सले अपराजित पौडेललाई २ लाख रुपैयाँमा अनुबन्ध गराएको छ ।

    जनकपुर बोल्ट्सले पनि रित गौतमलाई समान ४ लाख २५ हजार रुपैयाँमा टोलीमा भित्र्याएको छ ।

    काठमाडौं गोर्खाजले बागमती प्रदेशका अलराउन्डर सोनु देवकोटालाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। त्यस्तै प्रसिद्ध जैसी र दयानन्द मण्डललाई पनि समान २ लाख रुपैयाँमा टोलीमा समावेश गरेको छ।

    लुम्बिनी लायन्सले अरनिको यादवलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। अपराजित पौडेललाई २ लाख रुपैयाँमा विराटनगर किङ्सले टोलीमा भित्र्याएको छ।

    कर्णाली याक्सले सूर्य तामाङलाई आधार मूल्य २ लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ।

    सुदूरपश्चिम रोयल्सले सचिन भट्ट र आयुव चन्दलाई समान २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। चितवन राइनोजले विपिन रावल, अशोक धामीलाई र मौसम ढकाललाई टोलीमा समावेश गरेको छ। मौसम ढकाल ३ लाख रुपैयाँमा अनुबन्ध भएका हुन् भने समान २ लाख रुपैयाँमा विपिन र अशोक अनुबन्ध भएका हुन् ।

    पोखरा एभेन्जर्सले सुदीप अर्याल (३ लाख), विवेककुमार रानामगर (२ लाख ७५ हजार) र सन्नी विक (२ लाख) लाई टोलीमा भित्र्याएको छ।

    जनकपुर बोल्ट्सले रित गौतमसँगै सन्तोष कार्कीलाई ३ लाख रुपैयाँ तथा युवा बलर आशुतोष पाण्डेलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। समाचार तयार गर्दासम्म जनकपुरले तीन खेलाडी अनुबन्ध गरिसकेको छ।

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछ। अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन्।

    प्रतिक्रिया दिनुहोस्