• फिफा विश्वकप : स्विटजरल्याण्ड प्रि–क्वाटरफाइनलमा प्रवेश

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १९, शुक्रबार २२:५५ गते
    images

    अल्जेरियालाई हराउँदै स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ ।

    शुक्रबार बिहान अल्जेरियालाई २–० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

    १० औं मिनेटमै ब्रील एम्बेलोले गोल गर्दै स्विटजरल्याण्डलाई अग्रता दिलाउन सफल भएका थिए ।

    त्यसपछि ४६ औं मिनेटमा ड्यान एनडोएले गोल गरे । उक्त गोल नै खेलमा निर्णायक साबित भयो ।

    स्विटजरल्याण्डले अब कोलम्बिया र घानाबीच हुने अन्तिम ३२ चरणको खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्