• images
    images

    जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश 

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १७, बुधबार ०१:१८ गते
    images
    images
    images
    images

    फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले जापानलाई पराजित गरेको छ ।

    सोमबार राती भएको खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

    खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

    ५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । त्यसपछि खेलाडी गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई जित महत्वपूर्ण जित दिलाए ।

    यस जितसँगै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्