• फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ९, मंगलवार ०१:३५ गते
    images

    फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उरुग्वे र केप भर्डेले बराबारी खेलेका छन् ।

    अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेलेको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।

    खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै बराबारी बनाए ।

    पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाए ।

    ६१औं मिनेटमा केप भर्डेका हेलियो भारेलाले गोल गर्दै बराबरी बनाए ।

    प्रतिक्रिया दिनुहोस्