• आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ४, बिहीबार २०:०९ गते
    images

    हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

    देशको हिमाल र पहाडी भूभाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको छ । अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार कोशी र मधेश प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

    यस्तै आज राती भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग, लुम्बिनी प्रदेशको हिमाली भू–भाग साथै कोशी र मधेश प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ ।

    लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थान, गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशको तराईका थोरै स्थानमा तथा मधेश प्रदेशका पनि एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना समेत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्