• नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त

    • Bishnu GC Bishnu GC
    • २०८३ असार २, मंगलवार १९:३९ गते
    images

    नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रामुदामुलाई नियुक्ति गरेका हुन् ।

    नवनियुक्त अध्यक्ष रामुदामुलाई तोकिएको समयभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । साथै, महाधिवेशनको तयारी लागि ११ बुँदे कार्यादेश र कार्यविवरणसमेत प्रदान गरेको कांग्रेसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्