• निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं ः मन्त्री पन्त

    • chautaripatrika chautaripatrika
    • २०८२ भाद्र ८, आईतवार १७:२१ गते
    images

    शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन् ।
    आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले कक्षा एकदेखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन् ।
    उनले भने, ‘अहिले प्रचलन के छ भने एक कक्षादेखी चार कक्षासम्मको किताब निजी क्षेत्रलाई छाप्ने अरु किताब चाहीं जनक शिक्षा सामाग्रीले छापिरहेको छ । त्यहाँ हामीले छलफल गरिरहेका छौ । एक, दुई, तीन, चारमा चार कक्षा चाहीँ सरकारमा ल्याऔँ । एक, दुई, तीन चाहीं उनीहरुको नघटाई दिउ ।’
    मन्त्री पन्तले पहिले जनक शिक्षाले छाप्न नसक्दा निजी क्षेत्रले छापिरहेको र उनीहरुले मेसिनहरुको आपूर्ती गरिरहेको भन्दै यसमा केही जटिलता आए मन्त्रालयमा छलफल गरिने समेत बताए ।

    प्रतिक्रिया दिनुहोस्