• बालबालिकाको खोजीका लागि सहयोगको अपिल

    • chautaripatrika chautaripatrika
    • २०८३ जेष्ठ १०, आईतवार १९:५७ गते
    images

    काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. १६, बौद्ध निवासी जेनिशा तामाङ र बिहान तामाङ केही समयदेखि परिवारको सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ। यस घटनापछि परिवार अत्यन्त चिन्तित र व्याकुल अवस्थामा रहेको जनाएको छ।

    परिवारका अनुसार उनीहरूले प्रयोग गर्दै आएको मोबाइल नम्बर ९७००५६४०५५ मा मेसेन्जर र ह्वाट्सएप सञ्चालनमै रहेको छ। उक्त सिमकार्ड भद्रा कुमारी पिठाकोटे (आमा) को नाममा दर्ता गरिएको बताइएको छ।

    ठेगाना: बौद्ध वडा नं. १६, काठमाडौं यदि कसैले उनीहरूलाई कतै देख्नुभएको छ वा कुनै पनि जानकारी थाहा छ भने कृपया तुरुन्त परिवार वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहुन अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्