इन्डो–तिब्बती सीमा प्रहरी बल(आइटीवीपी)को एक टोलीले सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।
११ महिला पर्वतारोही र तीन प्राविधिक तथा सहयोगी सदस्यहरू सम्मिलित १४ सदस्यीय टोलीले मे २१ मा नेपाल तर्फबाट साउथ कोल रुट हुँदै बिहान ०६ः५२ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् ।सफल आरोहणपछि आइटीवीपीले एक विज्ञप्ति जारी गर्दै भारत–तिब्बती सीमा प्रहरीले सफल सगरमाथा आरोहणको प्रशंसा गर्दै यो उपलब्धिलाई भारतको लागि गर्वको क्षणको रूपमा वर्णन गरेको छ । अभियान आइटीवीपीले अप्रिल १९ मा मुख्यालयबाट झण्डा देखाएर सुरु गरिएको थियो ।
पर्वतारोहीहरूले ८,००० मिटरभन्दा माथिको ‘डेथ जोन’ मा खराब मौसमी अवस्था, कम अक्सिजन स्तर र कठिन बरफ पर्खाल खण्डहरूको सामना गर्दा असाधारण साहस, सहनशीलता र टोली कार्य प्रदर्शन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यस्तो अभियानले महिला सशक्तिकरण, साहसिक नेतृत्व र उच्च अपरेशनहरूमा उत्कृष्टताको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरेको छ ।टोलीले आरोहणलाई ‘स्वच्छ हिमालय, हिमनदी बचाउनुहोस’ अभियानको एक भागको रूपमा व्याख्या गर्दै सगरमाथा क्षेत्रमा फोहोर सङ्कलन समेत गरेको थियो ।
फोर्सले विश्वका चौध ८,००० मिटर अग्ला चुचुराहरू मध्ये छ वटाको पनि आरोहण गरिसकेको छ । सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, धौलागिरी र मनास्लु आरोहण गरेको जनाइएको छ । (फोटो ः आइटीवीपी÷एएनआइ)

Bishnu GC 


















प्रतिक्रिया दिनुहोस्