• images
    images

    नेपालले अमेरिकालाई दियो ३१८ रनको बलियो लक्ष्य

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ८, शुक्रबार २३:२३ गते
    images
    images
    images
    images

    आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकालाई ३१८ रनको बलियो लक्ष्य दिएको छ ।
    कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको हो ।
    टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो । नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो । नेपाल र यूएईले टियु मैदानमा ३१० रन बनाएका थिए ।
    डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले । यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए । रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।

    प्रतिक्रिया दिनुहोस्